(एजेन्सहरु), १६ असोज । भारत र पाकिस्तानबीचको चुलिदै गएको विवादबाट कलाकारहरु पनि अछुता रहेनन् । दुबै देशबीचको विवादकाकारण कलाकारहरु निशानामा परेका छन् ।

manisha-koirala-1भारत र पाकिस्तानबीच तनाव बढेपछि भारतमा पाकिस्तानी कलाकारमाथि प्रतिबन्ध लगाइएको छ भने यसको बदलास्वरूप पाकिस्तानका चलचित्रघरका सञ्चालकले भारतीय चलचित्र प्रदर्शनमा रोक लगाइदिएको छ ।

गत साता उरीमा भएको आतंकवादी आक्रमण र बिहीबार भारत(पाकिस्तानबीच गोला हानाहान भएपछि भारतले पाकिस्तानी कलाकारमाथि प्रतिबन्ध लगाएको हो । त्यसकै बदलामा पाकिस्तानमा पनि भारतीय चलचित्र प्रदर्शनमा प्रतिबन्ध लगाइएको समाचार एजेन्सीहरूले जनाएका छन् ।

भारतीय फिल्म निर्माता संघले पाकिस्तान र भारतबीचको तनावलाई सम्बोधन गर्दै पाकिस्तानी कलाकारमाथि प्रतिबन्ध लगाइएको जनाएको छ । संघले आफ्नो ८७ औं सम्मेलनमा पाकिस्तानी कुनै पनि कलाकारलाई सहभागी नगराउने निर्णय गरेको छ । संघले अवस्था नसुध्रिएसम्म पाकिस्तानी कलाकारलाई चलचित्रमा समेत काम गर्न नदिने प्रस्ताव पारित गरेको छ ।

भारतमा कार्यरत सबै पाकिस्तानी कलाकारलाई प्रतिबन्ध लगाइएको घोषणा गरेपछि पाकिस्तानी हलका मालिकले स्थिति पूर्ण रूपमा नियन्त्रणमा नआएसम्म हामी भारतीय फिल्म देखाउन बन्द गर्नेछौं । शुक्रबारदेखि कुनै पनि भारतीय फिल्म मेरो सिनेमाघरमा पक्कै पनि चल्नेछैनु भन्दै बयान दिएको दी एक्सप्रेस ट्रिब्युनले प्रकाशित गरेको छ ।