इन्द्रेणी संवाददाता
बर्दिया, १६ असोज । वर्दियामा एक जनाले आफ्नै भाइबुहारिको हत्या गरेका छन् । मदिरा सेवन गरेका वर्दियाको पाताभार गाविस वडा नं. ८ का ५५ वर्षिय जवालसिंह ढकालले भाइबुहारी ४१ वर्षिया मनसरा ढकालको हत्या गरेका हुन् । जवालसिंहले मसला कुटदै गरेको लोहोरो (ढुंगो) प्रहार गरी बुहारीको हत्या गरेको बताइएको छ ।
घरायसी विवादका क्रममा मदिरा पिएको झोकमा हत्या गरेको खुल्न आएको छ । जेठाजुको लोहोरो प्रहारबाट टाउकोमा गम्भीर चोट लागेकी मनसराको उपचारका क्रममा नेपालगंञ्ज स्थित नरसिँह होममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीले बताए । हत्या गरेर फरार भएका ढकाललाई कैलालीको टीकापुरबाट पक्राउ गरिएको प्रहरीले जानएको छ ।
