1f22afb0e9f3dbe0a8f10341198a264dकाठमाडौं । यस वर्षको मंगोल नेपालको ताज प्रीति गुरुङले जितेकिछिन् । मिस मंगोल नेपाल–२०१६’ को ताज गुरुङले चुमेकी हुन् । सम्पन्न प्रतियोगितामा प्रीतिले उपाधिसँगै एक लाख रुपैयाँ पुरस्कार हात पारिन् ।

उनले मिस पब्लिक च्वाइसको उपाधीसमेत हात पार्न सफल भएकी छिन् । प्रतियोगितामा २५ युवती अन्तिम प्रतिष्पर्धामा उत्रिएका थिए । धनकुटाकी बरुना राई र दैलेखकी योजना थापामगर क्रमशः फस्ट रनरअप र सेकेण्ड रनरअप भए ।