एजेन्सी, १६ असोज । हङकङमा बस्दै आएका नेपालीहरुबीच आज बिहान ग्याङ फाइट भएको छ । बिहानै भएको ग्याङ फाइटका क्रममा त्यहाँस्थित प्रहरीले अवस्थालाई नियन्त्रणमा लिन चार राउन्ड गोली प्रहार गरेको छ ।

0cb961bda26cffe9a6150aa815da0addहङकङको जोर्डनमा आइतवार बिहान ६ बजेको समयमा नेपाली युवाहरुबीच छुरा हानाहान भएपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले गोली हानेको हो । दुई नेपाली समूहबीच ग्याङ फाइट भइरहेको खबर ट्याक्सी ड्राइभरले दिएपछि प्रहरी तत्कालै घटनास्थलमा पुगेको थियो।

प्रहरी पुगेपछि पनि नेपाली युवाहरुबीच छुरा हानाहान भएको थियो । त्यसक्रममा प्रहरीले गोली चलाउँदा दुईजना गम्भीर घाइते भएका हुन्। उनीहरुलाई तत्कालै उपचारका लागि क्वीन एलिजावेथ अस्पतालमा भर्ना गरिएको छ ।

प्रहरीले चलाएको गोली एकजनाको कम्मर र खुट्टामा लागेको छ । अर्का एकजनाको पाखुरामा गोली लागेको बताइएको छ ।