काठमाडौं, १६ असोज । कतारको सरकारले दोहाको हमाद इन्टरनेशनल एयरपोर्ट हुँदै अन्य मुलुकको यात्रा गर्ने यात्रुलाई चार दिनको निम्ती निशुल्क भिसा दिने भएको छ । कतार एयरवेज, पर्यटन मन्त्रालय र आन्तरिक मन्त्रालयले विश्व पर्यटन दिवस, सेप्टेम्बर २७ को अवसरमा यस्तो घोषणा गरेका हुन् । पर्यटन प्रबर्धनका लागि यस्तो घोषणा गरिएको बताइएको छ ।
कतारमा पाँच घण्टा भन्दा बढीको ट्रान्जिट भएका सबै देशका यात्रुले यस्तो सुविद्या पाउने बताएका छन् । यस अघि ८ घण्टाभन्दा लामो ट्रान्जिट भएका यात्रुलाइ कतारले ४८ घण्टाका लागि एयरपोर्टबाट निशुल्क भिसा दिने गरेको थियो ।
पाँच घण्टाभन्दा बढी ट्रान्जिट परेका यात्रुहरुले निःशुल्क भिसा पाउने छन् । थप यात्राको प्रमाण देखाएपछि अध्यागमले विमानस्थलमै भिसा दिने दोहा न्युजले जनाएको छ । गएको वर्ष युएईले पनि चारदिने ट्रान्जिट भिसा दिएको थियो ।
