इन्द्रेणी संवाददाता
दाङ, २५ बैशाख
यातायात व्यवसायीहरु विच विवाद चुलिएपछि दाङ तुलसीपुर–रुकुम सडकखण्डमा यातायात सेवा ठप्प भएको छ । राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समिति र मालिका–कालिका यातायात यातायात प्रालिविच झडप समेत भएको प्रहरीले जानकारी दिएको छ ।
झडपछि राप्ती समितिले यातायात सेवा ठप्प पार्दा दाङको तुलसीपुर, सल्यान र रुकुमको जनजीवन प्रभावित भएको छ । राप्ती समिति, कालीकामालीका र दाङ प्राली विच सल्यान रुकुम सडकमा बस चलाउने विषयमा विवाद भएपछि राप्ती समितिले यातायात ठप्प पारेको हो ।
समितिले विहानै देखी यातायात ठप्प परेपछि सयौं यात्रुहरु मर्कामा परेका छन् । कालिकामालिका र राप्ती समितिविच हिजो पनि गाडी सन्चालनकै विषयमा विवाद भएको थियो । राप्ती समितिले मालिका–कालिका यातायात प्रालिको गाडी सञ्चालनमा फेरी रोक लगाएपछि विवाद भएको वताइएको छ ।
डिलक्स वसहरु भित्राएर राजधानीमा सेवा प्रदान गर्दै आएको मालिका कालिका प्रालिका बसहरु हिजोपहिलो पटक रुकुमका लागि सञ्चालनमा आउन थालेपछि राप्ती समितिले प्रालिको गाडी सञ्चालनमा रोक लगाएको हो । दाङमा विभिन्न यातायात प्रालिहरु खुलेसंगै विवाद वढ्न थालेको छ ।।