दाङ, बैसाख २५ ।
आगामी जेठ १ गतेदेखि सुरु हुने राप्ती अंचलको सर्वाधिक ठूलो गायन प्रतियोगिता हिरो अफ भ्वाइस ४ को लमही र तुलसीपुरमा पनि अडिसन हुने भएको छ । आगामी जेठ ७ गते लमहीमा र १४ गते तुलसीपुरमा अडिसन गरिने कार्यक्रम संयोजक केएल पीडितले जानकारी दिनुभयो ।

kkkkkkkkkkkk

अडिसनलाई व्यवस्थित एवं प्रभावकारी बनाउन समाजसेवी गौरव आचार्यलाई लमही अडिसन संयोजक र संचारकर्मी बालाराम खड्कालाई तुलसीपुर अडिसन संयोजक बनाइएको छ । सहभागीहरुलाई अडिसनस्थलमै निशुल्क फाराम उपलब्ध गराइने संयोजक पीडितले जानकारी दिनु भएको छ ।

गीतसंगीतको विकास एवं प्रवद्र्धनमा टेवा पु¥याउने, गायन विधाका नवप्रतिभाहरुको खोजी एवं पहिचान गरी उनीहरुको प्रतिभा विकासमा सहयोग पु¥याउने, राप्ती क्षेत्रमा सांगीतिक वातावरण निर्माण गर्ने तथा नवयुवाहरुलाई गीतसंगीतको माध्यमबाट सिर्जनात्मक कार्यमा उत्प्रेरित गर्ने उद्देश्य सहित आयोजना गरिएको गायन प्रतियोगिता हिरो अफ भ्वाइस ४ का विजेतालाई रु. ५० हजारको पुरस्कार राखिएको छ भने उत्कृष्ट ३ जनालाई गीत रेकर्डिङको अवसर प्रदान गरिने भएको छ ।

राप्तीका सबै उमेर समूहका नवगायकहरुले भाग लिन सक्ने हिरो अफ अफ भ्वाइस ४ को विजेतालाई रु. ५० हजार बराबरको पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा कुनै किसिमको भोटिङ प्रकृया नअपनाइने तथा शतशतप्रतिशत गायन प्रतिभाका आधारमा विजेता चयन गरिने संयोजक पीडितले बताउनु भयो । प्रतियोगितामा सहभागी हुन कुनै शुल्क नलाग्ने भएको छ ।।