कुशुम वि.क / बर्दिया
असोज १४ गते । बर्दिया कारागारमा क्षमता भन्दा वढि कैदि वन्दिका कारण कैदि बन्दिलाइ दैनिकि कार्यमा समस्या भएको छ । सदरमुकाम गुलरियामा रहको कारागारमा एक सए जना कैदि बन्दिको क्षमता भएपनि दुइ सए ५२ जना कैदि वन्दि रहेका छन । उनिहरुलाइ सौचालयको समयमा पनि लाइन लाग्नु परेको छ ।
जिल्लामा रहेको कारागारको क्षमता , बन्दि कैदिहरुको अवस्था लगायतका विषयमा अनुगमनका लागी आएको महान्यायाधिवत्ता कार्यालयका नायव महान्यायाधिवत्ता राजेन्द्र सुवेदिको नेत्रृत्वमा आएको टोलिले कारागारको अनुगमन गरेको हो ।
अनुगमनमा कारागारको भौतिक भवन पुरानो भएको , क्षमता भन्दा वढि कैदि बन्दिका कारण उनिहरुलाइ दैनिक नियमित कार्य गर्न कठिनाइ भएको पाइएको सुवेदिले बताउनु भयो । कारागारमा रहेका महिला कैदि बन्दिहरुलाइ कुनै सीप मुलक तालिमहरु प्रदान नगरीएको साथ कारागारमा २ जना ३ वर्ष मुनिका वालवालिकाहरु पनि रहेको जानकारी दिनु भयो ।
सुर्खेत , बाके र बर्दियाको कारागार अनुगमन गर्ने क्रममा बर्दियाको कारागारमा कैदि वन्दिहरुले पाउनु पर्ने सेवा सुविधा सहज रुपमा पाइरहेको पनि उहाले बताउनु भयो ।
