गोविन्द खड्का
घोराही, १४ असोज । पाठकको नजर खिच्ने गरी जनता बुक स्टल बैंक रोड घोराहीका रामभक्त गुप्ताले पुस्तक चा“चेका छन् । बाहिर बाटै अनुमान लगाउन सकिन्छ यतिका पुस्तक जम्मा गर्नु भनेको ठुलै अबसरलाई पर्खिएका छन् । नया चाचा लाउनलाई मात्रै दशै आउदैन । मन परेको पुस्तक धित मरुन्जेल पढ्नका लागि पनि दशै आउदो रहेछ भन्ने पुस्तक पसल बाट थाह हुन्छ । विद्यार्थी र कर्मचारीको लागि बर्ष भरीको लामो विदा यसै पाला हुन्छ । कर्मचारीले थप एक महिनाको तलव दशै खर्च भनेर पाउछन् । त्यसलाई भातमासु र नया कपडा मा मात्रै खर्च गर्दैनन् । नया पुस्तक पनि खरीद्छन् ।

14489673_1789035391338921_1229791587_oगत शनिवार सुविन भट्टराईको पच्छिल्लो कृति ‘मनसुन’ काठमाण्डौमा विमोचन गरीयो । आईतवार विहान त्यो पुस्तक जनता वुक स्टल बंैकरोड घोराहीमा पुग्यो । विहानै देखि धमाधम् विक्री भयो । राती १२ बजे घोराही पुगेको पुस्तक कान्तुराम चौधरीले अनिदो रहेर पनि रिसीभ गरे । अरु बेला दुईसय तिर्ने एक पेटिको भाडा बसलाई पाचसय तिरेको जनता वुक स्टल घोराहीका सञ्चालक रामभक्त गुप्ताले जानकारी दिनुभयो । यसरी आतुरी लगाउने काम नजिकीदैको दशैले गरेको थियो । काठमाण्डौमा विमोचन भएको हरेक पुस्तक दाङमा ल्याउने जनताले गरेको छ । कोर्ष बाहिरका पुस्तक बेच्ने ठुलो पसलका रुपमा जनता बुकले ख्याति कमाएको छ ।

14536763_1789035454672248_1214031216_oदशैको घटस्थापना देखि सबैजसो क्याम्पस तथा विद्यालयहरु बन्द हुन्छन् । होस्टेल बसेका र भाडमा रहेका विद्यार्थीले घरजा“दा नया“ पुस्तक लैजान्छन् । त्यहि दाउ कुरेर बसेका पुस्तक व्यवसायी सकृय भएका छन् । बैक रोडको जनता बुकस्टलमा ¥याकहरु पुस्तकले भरी भराउछन् । सञ्चालक गुप्ताले आफु अघिको टेवुलमा समेत पुस्तकको चाङ लगाएका छन् । दशैको रौनक दिनेगरी । गुप्ताले पुस्तक किन्न बाहिर जानुपरीन भनी खुशि हुन आग्रह गर्नुभयो ।

नया पुस्ताले पढ्दैन भन्ने आरोप व्याप्त छ । पुस्तक व्यवसायीहरु भने उनिहरुले पढ्न लाएक पुस्तकै न लेखिएको बताउछन् । पच्छिल्लो पटक युवापुस्ताको सबै भन्दा बढि ध्यान लेखक सुविन भट्टराईका कृतिमा तानिएको देखिन्छ । कथाकि पात्र बाट युवा पुस्तामा हिट हनु शुरु भएको उनको पुस्तक साया, समर लभ हुदै मनसुन सम्म उत्तिकै बजार लिएका छन् । व्यवसायी गुप्ताको अनुभवमा यत्तिकै विक्री दर हरेक बर्ष मदन पुरस्कार छनौटमा पर्नेहरु कृतिको हुदैनन् ।

यस बर्ष रामलाल जोशिको ऐनाले मदन पुरस्कार पायो । त्यो पुस्तक पहिलो लट पनि सकिएको छैन । अघिल्लो बर्ष राधा पौडेलको खलंगामा हमलाले मदन पुरुस्कार जित्यो । त्यो पनि पाठकका बिचमा लोकप्रिय बन्न सकिन । त्यसले पाकाहरुले पुस्तक कमै किन्छन् भन्ने देखाएको छ । मनसुन एकैदिन ४३ वटा जनता बुक स्टल बाट मात्रै विक्यो । त्यस बाहेक फेसवुक बुकिङ पनि चलीरहेको छ । त्यसो हो भने  पच्छिल्लो पुस्ता पुस्तक खरीद्मा निकै अघि देखिन्छ । पढ्न छोडे हामिले मात्रै अध्ययन गर्छौ भन्ने केहि पाका बुद्धिजिविलाई गलत प्रमाणित गराएको छ । उपन्पयास, कथा कविता, भुगोल, आत्मबृत्तान्त, विभन्न ऐन नियम तथा सबै किसीमका पत्रपत्रिका, विज्ञान तथा कृषि सम्वन्धि, धार्मिक ग्रन्थहरु, नेपाली अंगे्रजै डिस्नरी एवै सबै भन्दा पच्छिल्ला र पुराना हरेक पुस्तक राखेको सञ्चालक गुप्ताले जानकारी दिनुभयो ।

यति बेला बर्षकै सबैभन्दा लामो विदा हुन्छ । कर्मचारीहरुले थप एक महिनाको दशै पेश्कि तलव बुझ्छन् । पत्र पत्रिका समेत केहि दिन सम्म बन्द गरीन्छ । सालभरीको लामो फुर्सदको समय निकालीन्छ । त्यसमा सुतेर वा घुमेर बिताउने थोरै हुन्छन् । सबैलाई छाल्दो फाल्दो गरी खेल्न पुग्दैन । धेरैले घरमा खेतिपाती र आफन्त भेटघाटमा बिताउछन् । तिनीहरुको केहि समय भने पढ्नमै जान्छ । त्यसैले बजार बाट कुनै न कुनै पुस्तक किनेकै हुन्छन् चाहे पढ्न नभ्याउन् । मेनरोडमा रहेका जनता वुकले पनि कोर्ष बाहिरका पुस्तक राखेको छ । क्याम्पस स्तरका पाठ्यसामाग्रीको कारोवार हुने भएपनि ग्राहकलाई सन्तुष्ट पार्न अन्य पुस्तक राखेको कृष्ण गुप्ताले बताउनुभयो । उहाका अनुसार बैंक रोडमा भएकै पुस्तक त्यहा छन् । बरु बैकरोडको जनताले क्याम्पस स्तरका पुस्तक खास्सै राख्दैन । कोर्ष बाहिरमात्रै ध्यान छ ।

विद्यार्थीले कोर्ष पढ्नु नपर्ने भएपछि पत्रपत्रिका र पुस्तक खरीद् गर्छन् । प्रगति पुस्तक सदनका शुशिला आचार्य बैद्यका अनुसार अहिले अलिक पठन संस्कृति कम भएको भान हुन्छ । तर पनि लिष्ट पठाएर किताव वुकिङ गर्ने चलन थोरतिनो चलिरहेको छ । केहिले एड्भान्स बुझाएका छन् । पुस्तक छानेर ठिक्क पारेका छन । त्यो तलव निकासा ढिलो भएर पनि होला ।

पच्छिल्लो राजनीतिक बितृष्णाले मार्कसवादि पुस्तकहरुको अध्ययनमा कमि आयो । झन् नेपालका कम्युनिष्टहरु टुक्रामा रमाउन थाले । त्यस भित्र पनि गुटबनाएर कोर्ले भान्सा गर्ने संस्कृति मौलायो । एक चोटि पुरा उछितो काढेर गालि गर्दै अलगिन्छन् । केहि बर्ष पछि एउटै घाटि बनेर बनेर जोडिन्छन् । गलत को हो भन्ने चिन्नै मुश्किल बनाउछन् । कतिपय प्रसंगहरु नाटक जस्ता लाग्छन् । त्यसले पनि यीतिहरुले लेखेका पढ्नु व्यकार छ भन्ने बातावरण तयार भएको छ ।

नारा ‘संसारका मजदुर एक हौ’ भनेर लगाउने व्यवहार  छिन्न भिन्न हुने त्यसले विश्वास गुमायो । प्रगतिशिल पुस्तकको जनयुद्ध चल्दा सम्म अत्याधिक खोजि हुन्थ्यो । ‘हाम्रो गुजारा प्रगतिशिल पुस्तकले चलाएको हो’ सञ्चालक आचार्यले भन्नुभयो, ‘शान्ति प्रकृया पछि मात्रै सबैले पुस्तक बेच्न थालेका हुन् ।’ उहाकाअनुसार फेरिएको मानसिकतालाई सम्वोधन गर्न अहिले धार्मिक पूस्तक पनि राखिएको छ । माक्र्सवादि पुस्तकलाई मात्रै प्रगतिशिल भन्ने गरीन्छ । अहिले फेरी क्रान्तिका कुरा गुञ्जीन लागेपछि पुःन मम्युनिष्ट निकट पुसतक खोज्न थालिएको छ । मधुसुधन बैद्य काठमाण्डौ पुस्तक ल्याउन गएको आचार्यले जानकारी दिनुभयो । दशैमा पुस्तक खरीदने पाठकको रितलाई सम्वोधन गर्न नया पुस्तकको खोजिका लागि मैद्य जानुभएको छ । भने जनता वुक लगाएत व्यवसायीहरु सबै किसिमका पुस्तक भित्रयाएर ग्राहको स्वागतका लागि तम्तयार हुनुहुन्छ । आफ्नो व्यवसाय र पाठकको ईच्छा दुबै पुरा गर्ने मुडमा ।