चेतन रेग्मी

तुलसीपुर १४ असोज । जयमा अम्बादेबी मन्दीर ब्यबस्थापन समीती तुलसीपुरले भोलीदेखी सुरुगर्ने नवरात्री दुर्गा पुजाको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

durga1तुलसीपुर नगरपालीका वडानम्बर ५ स्थीत रतननाथ टोल परीसरमा रहेको मन्दीरमा घटस्थापनाको दिनबाट सुरु हुने प्रवचन तथा पूजाआजाका लागि तयारी पुरा भएको समीतीका अध्यक्ष दिपेन्द्र कुमार गुप्ताले बताउनुभयो ।

यसैबिच समीतीका अध्यक्ष गुप्ताले भोली शनिबार साँझ ६ बजे नवदुर्गा पूजा तथा प्रबचन कार्यक्रमको तुल्सीपुर उद्योग वाणीज्य संघका अध्यक्ष बिमल रिजालल उद्घाटन गर्ने कार्यक्रम भएकाले सहभागि हुन सबैलाई आग्रह गर्नुभएको छ ।