इन्द्रेणी संवाददाता
teacher_teaserरोल्पा, १४ असोज । रोल्पाका सामुदायिक विद्यालयमा करीव चार सय शिक्षक दरबन्दी खाली रहेका छन् । अहिले जिल्लामा एक हजार ३ सय ३४ जना मात्रै शिक्षक रहेको जिल्ला शिक्षा कार्यालय रोल्पाका शिक्षा अधिकारी चिरञ्जिवी पौडेलले बताए । ‘धेरै शिक्षक दरबन्दी खाली छ, कति राहतका शिक्षकहरु पनि छन्’, उनले भने ।

पदपूर्ति भएका शिक्षकमध्ये १ हजार ८८ मात्र दरबन्दीका रहेका छन् भने बाँकी २ सय ४६ शिक्षक राहतमा रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जिल्लामा आधारभूत र माध्यमिक तह गरी ४ सय ७ वटा विद्यालयमा ८३ हजार ९ सय ९३ विद्यार्थी रहेका छन् ।