इन्द्रेणी संवाददाता
बाँके, १४ असोज । नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तहिन सिमेन्ट उत्पादन गरेको भन्दै बाँकेका बागेश्वरी र जयमंगलम सिमिन्ट उद्योगको इजाजत पत्र निलम्वन गरेको छ ।
निलम्बन गरेको छ ।
विभागले उद्योगले उत्पादन गरि बजारमा पठाएको सिमेन्टको नमुना संकलन गरी ल्याव परीक्षण गर्दा सरकारले तोकेको मापदण्डभन्दा बढी भएको भन्दै यसअघि सो ब्याचको सिमेन्ट बिक्री वितरणमा रोक लगाएको थियो ।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार सञ्चालन बोर्डको बैठक बसी उद्योगले उपभोक्तालाई गुणस्तहीन सिमेन्ट बिक्री गरेको भन्दै इजाजत निलम्बन गर्ने निर्णय गरेको हो ।
बजारमा बागेश्वरी सिमेन्ट उद्योगका पिपिसी सिमेन्ट ब्रज शक्ति, त्रिशक्ति सुपर र जेविसी ब्रान्डमा बिक्री भइरहेको छ । यसैगरी मंगलम सिमेन्ट उद्योगको पनि पीपीसी यति, जेएमसिज रक स्ट्रोङ र गौरब ब्रान्डको नाममा बजारमा बिक्री भइरहेको छ ।
