विराटनगर, १४ असोज । पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनालले कसैले भन्दैमा संविधान संसोधन नहुँने बताएका छन् । आज विराटनगरमा सञ्चाकर्मीहरुसँग कुरा गर्दै नता खनालले यथास्थितिमा एमालेले संविधान संशोधन गर्न नदिने दावी गरे ।
कार्यान्वयन नगर्दै संशोधान गर्दा संविधान प्रतिगामी हुने उनको तर्क छ ।नेता खनालले सरकारमाथि वाह्य पक्षको दबावमा संविधान संशोधन गर्न लागेको आरोप लगाए । उनले भने, अहिले संविधान संशोधान होइन, कार्यान्वयनको पक्षमा जानुपर्छ ।
तराई मधेसका जनता संविधान संशोधान चाहन्छन् नि भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा खनानलले एकाध केही मधेसीहरु असतुष्ट हुनु स्वभाविक भएको बताए ।
