सुजाता थापा
प्युठान असोज १३, जिल्ला स्तरीय लैंगिक उत्तरदायी बजेटको अनुशरण तथा पुनरावृत्तिका लागि पैरवी कार्यशाला विहिवार देखि शुरु भएको छ।
14489780_1083022391813954_954784799_oकालिका विकास केन्द्र नेपाल, केयर नेपाल र अष्ट्रिएन फाउन्डको साझेदारीमा सञ्चालित संकल्प परियोजनाको आयोजनामा सुरु भएको गोष्ठिमा सरकारी तथा गैह्रसरकारी कार्यालय र विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ।

कार्यक्रममा लैंगिक उत्तरदायी बजेट, सार्वजनिक सुनुवाई, सार्वजनिक परिक्षण ,नागरिक वडा पत्र, महिला उत्थानका कार्यक्रम, सामाजिक तथा आर्थिक क्रियाकलापमा महिला सहभागिता, होर्डिङ बोर्ड, निती कार्यान्वयन लगायतका विषयमा छलफल भएको थियो। लैंगिक उत्तरदायि वजेटको प्रभावकारीताको विषयमा केन्द्रित कार्यक्रम सुक्रवारसम्म चल्नेछ।

कालिका विकास केन्द्र नेपालका अध्यक्ष भगत कर्माचार्यको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको प्रमुख अथिति जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत चन्द्र वहादुर जि।सि। रहनुभएको थियो।