इन्द्रणी संवाददाता
रुकुम, १३ असोज । १७ वर्षकी एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा रुकुममा दुई जना पक्राउ परेका छन् । गएको शनिबार सल्यानको लपानीबाट रुकुमको मुसिकोट नगरपालिका २ स्थित बसपार्कको एउटा होटलमा लगेर बलात्कार गरेको ती किशोरीले बताएकी छिन् ।

rape-s_650_071816020209सामान्य चिनजानेको आधारमा रुकुम घुम्न जाउँ भनेर जर्वजस्ती गाडीमा राखेर लगेको र होटलमा उनीहरुले बलात्कार गरेको किशोरीले बताएकी छिन् ।

घटनामा संलग्न भएको आरोपमा सल्यान बागचौर नगरपालिका १ बस्ने २८ वर्षका उपेन्द्र भण्डारी र २६ वर्षका कमलराज खत्री पक्राउ परेका हुन् । किशोरीको बयानका आधारमा उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।