चेतन रेग्मी
तुलसीपुर, १३ असोज । गएराती विजौरीका तीन वटा पसलमा चोरी भएको छ । बिजौरी स्थीत मनकामना किराना पसल, वस्नेत फ्रेस हाउस र हेमन्तापुर स्थीत भण्डारी किराना पसलवाट नगद चोरी भएको प्रहरीले वताएको छ ।

chor-1-624x468चोरले मनकामना किराना पसलको सटरको ताला फोडेर २० हजार, वस्नेत फ्रेस हाउसको पछाडीको झ्याल फोडेर २५ हजार र हेमन्तापुरमा रहेको भण्डारी किराना पशलको ताला फोडेर पसलमा राखएको मोवाईल सहित पिय पदार्थ चोरी गरेको हेमन्तापुर प्रहरी चौकीका असई प्रदिप खड्काले जानकारी दिएका छन् ।

विजौरी वजारभन्दा केही तल र हेमन्तापुरमा चोरी भएकाले चौकीदारहरुले सुरक्षा दिन नसकेको विजौरी उद्योग वाणिज्य संघका अध्यक्ष मुकेश वलीले वताए । चाडपर्वहरु नजिकिएकाले पनि यस्ता गतिविधिहरु बड्न सक्ने भन्दै शान्ती, सुरक्षा प्रभाबकारी वनाउन प्रहरीहरुको ध्यानाकार्षण गराउने अध्यक्ष वलीले बताए ।