मुस्ताङ, १३ असोज । यसवर्ष मुस्ताङमा चार हजार चार सय मेट्रिक टन स्याउ उत्पादन भएको छ । गत वर्षभन्दा यस वर्ष चार सय मेट्रिक टन कम स्याउ फलेको छ ।
सबैभन्दा बढी स्याउ उत्पादन मार्फा र जोमसोममा भएको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत तप्तबहादुर गुरुङले बताए । लामो समयसम्म खडेरी पर्नु, जिजिनामथ किराको सङ्क्रमण, स्याउको फूल फुल्ने बेला तुसारो परेकाले उत्पादन घटेको हो ।
अधिकांश किसानले यस वर्ष स्याउ टिपेर बजारमा पु¥याइसकेका छन् । भदौ अन्तिम साता स्याउ टिपेका यहाँका किसानलाई बेनी–जोमसोम सडक सञ्चालन नहुँदा ढुवानी गर्न समस्या भएको गुरुङको भनाइ छ ।
जिल्लामा एक हजार ४५ हेक्टर क्षेत्रफलमा स्याउखेती गरिए पनि तीन सय ५० हेक्टरमा लगाएको बोटबाट मात्र उत्पादन भएको थियो । मुस्ताङका १६ गाविसमध्ये टुकुचे, मार्फा, जोमसोम, कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ र घमीमा मात्र स्याउ उत्पादन हुने गर्दछ ।
