Bina-tamang
बिना थिङ तामाङ

आशक्तीको अन्यर्थ नलाउने हो भने
यतिखेर म
अघोरै आशक्त भएकी छु तिमीसंग
र माग्न मन लागेको छ
तिमीसंग
प्रेमिल चुम्बन

तिमीलाई भेटेर भन्नै नसकेको कुरा छ
कि,
म प्रेमसंगै शंसयमा छु

जब तिमी सामिप्यमा हुन्छौ
अथवा मलाई छुन्छौ
तेजसंग धड्किन थाल्छ हृदय
लाग्छ यसको रफ्तार
अब म आफै पनि भेट्न सक्दिन होला

कम्पन छुट्छ आँखाबाट
डर लाग्छ आफैसंग
कतै नछुटिउँ म तिमीसंग रु
र  अलग यात्रामा निस्कनुपर्ला एक्लै

ताम्बाको दर्शन जस्तो भव्य तिम्रो ब्यक्तित्व बोकेर
अचेल गरिरहन्छ जीन्दगीले स्टन्ट
सैलुङको उकाली ओरालीहरुमा
अब यात्रा पक्कै सहज रहला