विराटनगर, १२ असोज । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले मधेस समस्या समाधानका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन् ।

bijayaतर सरकारले झारा टार्ने हिसाबले संविधान संशोधन प्रस्तावअघि बढाउन लागेको आरोप लगाउँदै गच्छदारले प्रमुख राजनीतिक दल र मधेसवादी दलसँग सहमति खोजेर मात्र संशोधन प्रस्ताव अगाडि बढाउन आग्रह गरे ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै गच्छदारले संविधान संशोधनका लागि प्रमुख विपक्षी दललगायत अन्य दलसँग पनि छलफल गरेर मात्र अघि बढ्न सुझाव दिए ।

पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका गच्छदारले संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन पहिलो प्राथमिकता भएकाले पनि छिटो स्थानीय तहको पुनःसंरचनाका लागि आयोग, सरकार र प्रमुख दलहरुबीच सहमति हुनुपर्ने बताए ।