काठमाडौं, १२ असोज । औषधि व्यवस्था विभागभित्र रहेको दराजमा  भेटिएको छ । विभागको बिजुलीबजारमा रहेको पानस फर्मास्यूटिकल्स प्रालि लेखेको स्टिलको दराज भित्र २२ ग्राम खैरो हेरोइन र हेरोइन जोख्ने डिजीटल तराजु फेला परेको हो ।

download-1लागुऔषध नियन्त्रण ब्युरोले खैरो हेरोइनको कारोबारीको आरोपमा सुनिल गुप्तालाई पक्राउ गरेको थियो । गुप्ता पानस फर्मास्युटिकल्सका कामदार रहेको खुलेको र बयानमा उनले विभागभित्र रहेको स्टिलको दराजमा हेरोइन राखेको बताएपछि ब्युरो टोली आज बुधबार विभाग पुगेको थियो ।

ब्युरोका डिआइजी जयबहादुर चन्दका अनुसार प्रारम्भमा काठमाडौं महानगरपालिका–८ जय बागेश्वरीमा सुर्य संगत पक्राउ परेका थिए ।