इन्द्रेणी संवाददाता
तुलसीपुर, १२ असोज । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कसैले चाहाँदैमा आफू खुशी संविधान संसोधन गर्न नहुँने बताएका छन् । नेकपा एमाले दाङको १२ जिल्ला अधिवेशनलाई आज तुलसीपुरमा सम्बोधन गर्दै नेता नेपालले अहिलेको संविधान ९० प्रतिशत भन्दा वढी जनताका प्रतिनिधिको सहभागीतामा बनेको भन्दै कसैको स्वार्थ पूरा गर्न संविधान संसोधन नहुँने दावी गरे ।
अहिले संविधान संसोधनको वेला नभएको उल्लेख गर्दै नेपालले भने, ‘यो संविधान संसोधन गर्ने समय होइन, समय र परिस्थीतिअनुसार मात्रै संविधान संसोधन गर्नुपर्छ, हचुवाको भरमा कसैको स्वार्थ पूरा गर्न संसोधन गर्न हुँदैन ।’ आफू खुशी संविधान संसाधन गरे प्रतिवाद हुँने समेत नेता नेपालले चेतावनी दिए ।
मधेसवादी दलहरुको मागलाई सम्बोधन गर्न मात्रै संविधान संसोधन गर्न नहुँने नेपालको धारण छ । नेता नेपालले मुलुकको दिगो विकासका लागि स्थायी सरकारको खाँचो रहेको पनि जिकरि गरे । देशको समग्र विकासका लागि यो भन्दा अघिल्लो सरकारले राम्रा राम्रा योजना ल्याएपनि स्थायी सरकार नहुँदा ती योजनाहरु अलपत्र पर्ने सम्भावना वढेर गएको उनको भनाइ थियो ।
वर्तमान सरकारलाई नेता नेपालले मौसमी सरकारको सज्ञा दिए । मौसममा आएको सरकार विकासका योजना सम्पन्न नगर्दै परिवर्तन हुन सकने भन्दै नेपालले दिगो आर्थिक, समाजिक र राजनीतिक विकासका लागि स्थायी र सहमतिय सबैले स्वीकार गर्ने सरकारको आवश्यकता औल्याए । एक अर्काे प्रशंगमा समयमै स्थानीय निकाय, प्रदेशको निर्वाचन र केन्द्रीय निर्वाचन हुँन नसके देश थप अन्यौलतामा धकेलिने ठोकुवा गरे ।
अधिवेशनमा पाँच सयभन्दा वढी प्रतिनिधिहरुको सहभागीता छ । अधिवेशनलाई एमालेका विभिन्न केन्द्रीय तथा स्थानीय नेताहरुले सम्बोधन गरेका थिए ।
