काठमाडौं, १२ असोज । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले जसले जे व्याख्या गरे पनि राजनीतिक सहमतिका आधारमा मात्रै संविधान संशोधन हुने बताएका छन् ।

bimalendra-nidhiव्यवस्थापिका संसदको राज्य व्यवस्था समितिको आज बसेको बैठकमा उपप्रधानमन्त्री निधिले सरकारले सबै राजनीतिक दलहरु छलफल गरिरहेको र त्यसकै आधारमा असन्तुष्ट पक्षको माग सम्बोधन हुनेगरी संविधान संशोधन गरिने बताए । साथै उनले स्थानीय, प्रदेश र केन्द्रीय चुनाव दलिय सहमतिमा हुने भन्दै मन्त्री निधिले संविधान संशोधन र चुनावको गृहकार्य तीव्रगतिमा अगाडि बढिरहेको पनि बताए ।

‘संविधानकै व्यवस्थाअनुसार निर्देशन दिएका हौं, इलाका नै गाउापालिका हुनुपर्छ भन्ने होइन, इलाकालाई आधारमा मात्र मानेर पुनसंरचना गर्ने हो’, उनले भने, ‘इलाका मासेर नगरपालिका बनेका छन्, ती नगरपालिका यथावत् रहन्छन् ।’ सरकारले दिएको मापदण्ड आयोगले मान्नुपर्ने उनको भनाइ थियो ।