भरतपुर, १२ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनमा सबै पक्षको सहमति हुने बताएका छन् ।
आज प्रेस सेन्टर नेपाल चितवन शाखाले भरतपूरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्रीले भने, ‘हामी गम्भीर गृहकार्यमा छौं । राष्ट्रिय संकटको समाधान गर्नु हामी सबैको कतव्र्य हो । संविधान संशोधनमार्फत् राष्ट्रिय सहमतिको वातावरण निर्माण गर्न सबै पक्षको सहमति हुन्छ ।’

dsc1422-1-848x478प्रधानमन्त्रीले मन्त्रीपरिषद्ले स्थानीय तह पूनर्संरचनाबारे स्थानीय तह पूनर्संरचना आयोगलाई थप कार्यदेश दिएको जानकारी दिँदै यसले विश्वासको वातावरण वृद्धि गर्ने बताए ।

‘हामी मधेशवादी दल र प्रतिपक्षी दल नेकपा एमालेसँग पनि सम्वादको क्रममा छौं । स्थानीय तहबारे सहमति जुटेको छ, यसले संविधान संशोधन र निर्वाचनमा पनि सहमति जुट्ने वातावरण बनेको छ’, प्रम दाहालले भने । प्रधानमन्त्रीले आफ्नो दोस्रो कार्याकालमा चितवनको विकास निर्माणले प्राथमिकता पाउने बताउँदै त्यसका लागि सरकारले ध्यान दिने बताए ।