मलेसिया, १२ असोज । रोजगारीको शिलसीलामा मलेसिया आएका सुर्खेतको काफलकोटका डिल्लीराज बुढा मृत अवस्थामा फेला परेका छन् ।
गत अगष्ट ३० तारिख बेलुका कामबाट फर्कने क्रममा रिचार्ज कार्ड किन्न साथीबाट छुट्टिएका बुढा होष्टल नफर्किएपछि सोही कम्पनीमा कार्यरत मृतकका भतिज मान बहादुर बुढाले हराएको जानकारी गराउनु भएको थियो ।
सेप्टेम्वर २२ तारिख सेरेम्वान प्रहरीले गस्तीका क्रममा निलाईको जंगलमा बुढाको शव भेटेको थियो । शव भेटिएको ठाउँ उनी बस्ने होष्टलबाट आधा किलोमीटर टाढा हो ।
बेवारिसे अबस्थामा भेटिएको शव नचिनीने अबस्थामा रहेको सेरेम्वान प्रहरीलाई उदृत गर्दै निलाईका ब्यवसायी फुर्वा दोर्जे तामाङले जानकारी दिनुभयो । शवको छेउमा मृतकले लगाएको कपडा, राहदानी र भिसाको कपी फेदा परेको थियो ।
मृतक बुढा कार्यरत कम्पनीको प्रतिनिधीले शव जिम्मा लिई नेपाल फर्काउने तयारी थालेको भतिज मानबहादुर बुढाले जानकारी दिए ।
