काठमडौ १३ असोज । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको छैठौं महाधिवेशनबाट अध्यक्षमा गायक बद्री पंगेनी निर्वाचित हुनुभएको छ । गएराती सम्पन्न मतगणनाबाट उहाँको नेतृत्वमा ३९ सदस्यीय कार्यसमिति चयन भएको छ ।
अध्यक्षका लागि पंगेनीसँगै विष्णु खत्री र टिकाराम चपाईंको उम्मेदवारी परेको थियो । पंगेनीले आठ सय ८८ मत प्राप्त गर्नुभएको छ खत्रीले पाँच सय आठ र चपाईंले तीन सय ३० मत पाउनुभयो ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा रमेश विजीले आठ सय ८३ मत ल्याएर भारी अन्तरले विजयी हुनुभएको छ । उहाँका प्रत्यासी ऋषिलाल श्रेष्ठले तीन सय ८२ र गायक विमलराज क्षेत्रीले चार सय ६२ मत मात्र पाउनु भएको प्रतिष्ठानले जनाएको छ ।





