काठमाडौँ, १२ असोज । नेपाल प्रहरीको प्रवक्तामा प्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल ठकुरी तोकिनुभएको छ । उहाँले हिजोबाट केन्द्रीय प्रवक्ताको कार्यभार सम्हाल्नुभएको हो ।
केन्द्रीय अनुसन्धान ब्युरोमा रहेर रानीबारी हत्याकाण्ड, सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्या, नक्कली शैक्षिक प्रमाणपत्रधारी चिकित्सक पक्राउ र मानव बेचबिखनजन्य अपराधको नियन्त्रण गर्न सफल तथा सक्षम व्यक्तिका रूपमा उहाँले चर्चा कमाउनुभएको थियो ।
यसअघिका प्रवक्ता माधव जोशीलाई सुरक्षा निर्देशनालयको जिम्मेवारी दिइएको छ ।
