इन्द्रेणी संवाददाता
दाङ, १२ असोज । दाङको रामपुर गाविस वडा नं ९ स्थित मालझाक्री सामुदायिक वन उपभोक्ता समूहको २१ औ साधारणसभा सम्पन्न भएको छ ।

jungle_forest_189565383साधारणसभाले स्थानीय खोलामा रहेका पानीका मुहान संरक्षण गरी गाउँमा सिंचाइ गर्नकालागि पोखरी निर्माण गर्ने, वनको खाली क्षेत्रमा बृक्षरोपण गर्ने, गरिव तथा बिपन्नहरुको आयस्तरमा बृद्धि गर्नकालागि घुम्तिकोष मार्फत रकम बितरण गर्ने, वन डढेलो नियन्त्रणकालागि सचेतनामूलक कार्यक्रम गरी अग्निरेखा निर्माण र मर्मत गर्ने, जलवायु परिवर्तको असर न्यूनिरणका लागि टोलटोलमा सचेतनामूलक कार्यक्रम गर्ने, विद्युत सेवा नपुगेका उपभाक्ताहरुका टोलमा विद्युतीकरण गर्ने लगायतका निर्णय गरेको छ ।

वन समूहका अध्यक्ष रुद्रमणि पौडेलको अध्यक्षता तथा सामुदायिक वन उपभोक्ता महासंघ दाङका सचिव हेमराज शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा वन समूहका सचिव शान्ति नेपालीले बार्षिक र कोषध्यक्ष महेन्द्र घर्तिले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ सुनपुर इलाकाका उपाध्याक्ष मधुसुदन न्यौपाने, समूहका पूर्व अध्यक्ष नमबहादुर पौडेल, अनुगमन समितिका संयोजक छविलाल घर्ति, सल्लाहकार पूर्ण बहादुर मल्ल, मेघबहादुर राना लगायतकाले आफ्ना विचार राखेका थिए ।

यसैगरी रामपुर—९ मा रहेको सल्लीकोट महिला सामुदायिक वन समूहको २० औ साधारणसभा पनि सम्पन्न भएको छ । वन समूहका अध्यक्ष भुमी बुढाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव कमला परियारले बार्षिक प्रतिवेदन र कोषाध्यक्ष बिष्णा तिवारीले प्रस्तुत गर्नु भएको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।