काठमाडौं, १२ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण तत्काल नहुने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले यही महिनाको अन्तिम साता चिनियाँ राष्ट्रपतिसँग भारतमा भेटवार्ताका लागि तयारी अघि बढेको छ ।

63f0491bd1943851a71e36c42257e4f9भारतको गोवामा असोज २९ र ३० गते भारतले आयोजना गर्ने ुब्रिक्सु सदस्य राष्ट्रहरूको आठौं शिखर सम्मेलनमा सहभागी हुने क्रममा दाहालले चिनियाँ राष्ट्रपतिसँग भेट्ने लगभग निश्चित भएको छ।

प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. ऋषि अधिकारीले चिनियाँ राष्ट्रपतिसँग गोवामा भेटवार्ता लगभग निश्चित रहेको जानकारी दिए । ुकूटनीतिक च्यानलबाट चिनियाँ राष्ट्रपतिसँग भेटवार्ताका लागि पहल भइरहेको छ । भेट हुने लगभग निश्चित छु, अधिकारीले भने ।
प्रधानमन्त्री असोज २८ गते गोवा जाने कार्यक्रम रहेको अधिकारीले बताए ।