धादिङ, ११ असोज । धादिङमा यात्रुवहाक वस दुर्घटना हुँदा १७ जनाको मृत्य भएको छ । सदरमुकाम धादिङबेसीँबाट उत्तरी धादिङको किन्ताङफेदी जाँदै गरेको यात्रु बस आज बिहान दुर्घटना हुँदा १८ जनाको ज्यान गएको हो ।
बिहान धादिङबेँसीबाट ३५ जनाको यात्रु बोकी त्यसतर्फ गएको बस बिहान साढे ११ बजे बजे मार्पाक गाँउ विकास समिति ५ लपाङखोला जिरोकिलो नजिकैबाट आखुँ खोलातर्फ तीन सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।
पहिरो गइ थुनिएको बाटो स्थानीयबासीले पन्छाइ बस पार गराउने क्रममा सो दुर्घटना भएको बताइएको छ । दुर्घटनामा २० जना घाइते भएको बताइएको छ । जसमध्ये ९ जनाको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ ।
गम्भीर ६ जना घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं लगियो
यसैबीच बस दुर्घटनाका ६ जना घाइतेलाई हेलिकोप्टरबाट ६ जनालाई उपचारका लागि काठमाडौं लगिएको छ । गम्भिर ६ जना घाइतेलाई नीजि कम्पनीको हेलिकोप्टरले उपचारका लागि काठमाडौं लगिसकेको छ । अन्य ६ जनालाई नेपाली सेनाको होलिकोप्टरले काठमाडौं लैजाने तयारी गरि रहेको छ ।