गोविन्द खड्का
घोराही, ११ असोज । कति लामो हुन्छ काठको आयू ? घर बनाउदा झ्याल ढोकामा जडित काठ केहि बर्ष भित्रै धमिराको चारो बन्छन् । तर दशकौ“ अघि देखि हिउद बर्षा झेलेका काठका पोलहरु घोराहीमा विद्युत प्रशारण गरीरहेका छन् । कतिपय पोल आसपासका बासिन्दाहरु काठ कुहिन्छ र ढल्छ भन्ने जान्दैनन् । त्यसैले विद्युतले फेर्न खोज्दा पनि चासो देखाएका छैनन् । काम चलाएका छन् ।
देख्दा ढल्कीनै लागेका काठका पोलहरु घोराही बजारमा छन् । कति च्याउ उम्रेका र सियालीले बेरेका देखिन्छन् । केहि काठका पोलहरु कुहिदै झर्दै गरे जस्ता लाग्छन् । जो कोहि मान्छेले देख्ने दृश्य हो ।
क्याम्पस रोड को चोक, त्रिभुवन पार्कको पुर्वतर्फ लगाएत केही पोलहरु काठ वा अन्य भनेर छुट्याउनै मुस्किल छ । काठ हो भनेर पत्याउनै नसकिने गरी सकुशल ठडिएका छन् । धातुका जस्तै बनेर झुक्याउछन् । त्यस बाहेक बजारका विभिन्न ठाउका चारपाटे र गोलाकार काठका पोलहरु लाजलाग्दा छन् । तिनले बजारीया आधुनिकता र स्तरियतालाई गिज्याउँछन् ।
वडा नागरीक मञ्चको निर्णय बाटै काठका पोलहरु विस्थापित गराउने अभियान घोराही १० ले थालेको छ । मञ्चका संयोजक शक्तिराम डागिले आफ्नो वडाका सवै टोलहरुलाई जिर्ण भएका काठका पोलहरुको जानकारी गराउन सुचना गरेको बताउनुभयो । त्यसका साथै खाडल खन्ने सम्म प्रतिबद्धता जानाउ टोलहरुलाई सल्लाह छ । सुचना गरेको दुई महिना नाघि सक्दा पनि टोलहरुले अबस्थाको अबगत गराएनन् । जसका कारण काठका पोल हटाउने कार्य शुरु भएन ।
र्जनशिल टोल घोराही १० ले दुईवटा पोल फेर्न विद्युत कार्यालयमा निवेदन गरेको जनाएको छ । नयाबजारमा रहेका ति काठका पोलहरु संग संगै छन् । तर घोराही हात्तिखर्कको वाटो सा“घुरो भएकाले कालोपत्रे सडक उप्काउनुपर्ने कठिनाई छ । विद्युतले सहयोग गरे आफुहरु सहयोगी बन्ने यम कान्त खरेलले बताए । कुन ठाउमा खन्ने र कति गहीरो भनेर बताउनुपर्छ ।
यसो त अन्य कतै बाट पनि पोल भा“चिन थालेको जानकारी नआएको वडा नागरीक मञ्चले जनाएको छ । स्थानियले चासो नदेखाएपनि विद्युत कार्यालयले भने संवेदनशिलता देखाएको छ । आफ्नो पहल थालेको छ । गत बुधवार बजारका काठका पोलहरुको अबलोकन गरेको थियो । विद्युत कार्यालयको टोलि संग सहभागि मञ्चका संयोजक डागिका अनुसार काठका पोल राख्नु दिर्घकालीन हिसावले उपयुक्त छैन । तत्कालै कुनै आपद आईलाग्ने त कमै देखियो । काठलाई कति असर गरेको छ । कति समय पछि भाचिन्छ । त्यसले खतरा निम्त्याउन सक्छ भन्ने एकिन भईन ।
जहा जहा काठका पोल छन् तिनको तथ्यांक शंकलन गरीएको हो । बजारबासी जानकारहरुका अनुसार काठका पोल गाडेको तिस बर्ष नाघि सकेको छ । यो अबधि सम्म घाम पानी पचाएका छन् । फलाम वा विद्युतका पोल समेत थोत्रा हुने अबस्थामा काठको आश गर्नु व्यकार हो ।
नेपाल विद्युत प्राधिकरण घोराही शाखाले भने काठका पोलहरुमा तत्काल खतरा नदेखिएको जनाएको छ । ‘तत्कालै फेर्नुपर्ने पोलहरुमा जोड दिएका छौ“ै“’ अबस्थाको जानकारी गराउदै निमित्त प्रमुख ईञ्जिनियर प्रमोद सिंहले भन्नुभयो, ‘स्थलगत निरीक्षण भएको छ ।’ उहाले घोराही १० र ११ का सबै काठका पोलहरुमा पुगेको जानकारी दिनुभयो । काठ राम्रै छ ढल्ने अबस्था छैन । अहिले चाड पर्बले च्याप्दै ल्याएकोले बुस कटिङ कार्यमा लागेको ईञ्जिनियर सिंहले जानकारी दिनुभयो । मुख्यलाईन र सहायक लाईनमा क्रमस काट्ने कार्य थालिएको छ । त्यसपछि काठका पोल फेर्न ध्यान दिने छ ।
कतिपोल फेरीयो
केही दिन अघि मात्रै घोराही दशको पुरानो बसपार्कको जिर्ण पोल फेरीएको छ । विद्युत कार्यालयको सकृयतामा काठलाई सापोर्ट दिदै विद्युतको पोल गाडिएको हो । अघिल्लो आर्थिक बर्षमा करीव चार सय काठका पोल फेरेको विद्युत कार्यालयले दावि गरेको छ । कार्यलयका अनुसार यस बर्ष पनि उत्तीकै संख्यामा काठका पोल फेर्न सकिने छ । बजेट आई नसकेकोले तत्कालै तिब्रता दिन सकिएको छैन ।
चाडपर्बपछि काम थालिने र खराब भएका बाट प्राथमिकता दिईने ईञ्जिनियर सिंहले बताउनुभयो । त्यसका साथै स्थानियको चासोलाई पनि आधार बनाउने विद्यतुको भनाई छ । सबै आफैले व्यहोर्न लाग्दा कम पोल फिर्ने भएकाले केहि लगानी स्थानियले गनुर्नपर्ने भनाई छ । जसले चासो दिन्छ उसको छिटो तयार हुन्छ ।
घोराही ६ को विद्युत अफ्ठेरो
गत तिन बर्षदेखि थालिएको घोराही ६ को विद्युत विस्तार अझै अफ्ठेरोमा परेका कार्यालयले जनाएको छ । पोल गाडि सकेको योजना लिटिल एञ्जले स्कुल क्षेत्रमा पुगेपछि रोकिएको थियो । सेयर धनिले विरोध गरेपछि बिवाद बढ्यो । बजारको र्लार्ईन विस्तार गर्ने कार्य रोकियो । गाड्न लगेका विद्युतका पोल अलपत्र परेका छन् । गाडिएका पोलहरु त्यस ै ठिंग उभिएका छन् । यस पालिको चाड बाडमा पनि बजारको जत्ति बत्तिको सुविधा वडावासीले नपाउने भएका छन् ।
नेपाली सेनाको तत्कालीन तारादल गणले विद्युत विस्तारको लागि आफ्नो क्षेत्रका रुख काटेर नोक्सान गरेको थियो । त्यस बाहेक व्यक्तिका जमिन भएका ठाउमा पोल गाड्न दिएका थिए । विद्यालय क्षेत्र पुग्दा शेयर धनिले जग्गा खरब हुने भन्दै रोकेका हुन् । त्यस पछि अघि बढ्न सकेको छैन । हापुर फिडरको लाईनले काम चलेको छ । जसका कारण कति खेर बत्तिजाने हो । लोड सेडिङको तालिका कति बेला लागुहुन्छ त्यस क्षेत्रका बासिन्दा अनविज्ञ छन् ।
हापुर फिडर बाट लाईन कटाएर बजारको विस्तार गर्न खानेपानी तथा सरससफाइ समिति सकृय भएको थियो । सरसफाई संयोजक एवं एमालेका वडा अध्यक्ष मिनराज गौतम, उप संयोजक धर्महमाल सचिव दिनेश वली पटक पटक विद्युत कार्यालयमा धाएका थिए । पत्रकार शुसिल गौतम, स्थानिय राजनीतिक दलहरु नेपाली कांगे्रशका नगर सचिव दिनेश अधिकारी, माओवादि केन्द्रका पुर्व वडा सचिव युगराज पोख्रेल लगाएतले पनि चासो दिएका थिए । ति सबै उपाए खेर गएका छन् ।
अझ विद्युतका पोल समेत व्यवारीसे बनेका छन् । राज्यको धन नोक्सान हुने स्तरमा पुगेको छ । स्थानिय सर्बसाधारण आक्रोशित बन्दै गएका छन् । विद्युत कार्यालयले जटिल भएको बताएको छ । आफुले सबैतिर हेरेको निमित्त प्रमुख सिंहले जानकारी दिनुभयो ।