काठमाडौं, ११ असोज । चीनले नेपालका लागि नयाँ राजदूतमा यू होङको नाम प्रस्ताव गरेको छ । परराष्ट्र मन्त्रालयले नयाँ चिनियाँ राजदूतका नाममा सहमति दिन आवश्यक प्रक्रिया अघि बढाइसकेको छ । नयाँ राजदूत नोभेम्बर महिनाभित्र नेपालमा कार्यभार समाल्न आउने बताइएको छ ।

yu-hong-1प्रस्तावित राजदूत यू हाल इन्डोनेसियाको सुराबयास्थित चिनियाँ महावाणिज्यदूत छिन् । एसिया मामिलामा जानकार ५१ वर्षीया चिनियाँ वरिष्ठ कूटनीतिज्ञ यू नेपालमा राजदूतका रूपमा आउन लागेकी हुन् । उनी सन् १९८८ मा सहचारीका रूपमा चिनियाँ विदेश मन्त्रालयको एसिया मामिला विभागमा प्रवेश गरेकी छन् ।