इन्द्रेणी संवाददाता
नारायणपुर, १० असोज । विजयादशमीको अवसरमा जिल्ला स्तरीय भलिवल प्रतियोगीता हुने भएको छ । न्यू स्टार स्पोर्ट क्लब नारायणपुरको आयोजनामा असोज १८, १९ र २० गते नारायणपुरमा प्रतियोगीता हुने हो ।
क्लबको आयोजना एवं नारायणपुरम क्रियाशील युवाहरुको सक्रीयतामा प्रतियोगीताको आयाजना गर्न आयोजक मूल समिति गठन गरिएको छ । नारायणपुरमा भएको युवाहरुको भेलाले अनिलकुमार बस्नेतको अध्यक्षतामा भएको भेलाले बस्नेतकै अध्यक्षतामा प्रतियोगीता आयेजक मूल समिति गठन गरेको हो ।
जसमा कुलप्रसाद रजौरे (श्रवण), डिल्लीबहादुर बस्नेत, अभियान बस्नेत, समीम सिद्धिकी, हेमराज घर्ति, गोपाल प्रसाद लम्साल, धनेश्वर आचार्य, टोपबहादुर रावत, धरम बस्नेत, तिलक महरा, चित्रबहादुर डाँगी (निर्मल), चिरन केसी, शिव श्रेष्ठ, सुदन केसी, दिपक पाण्डे, माधव पाण्डे, भक्तिराम शर्मा, आर.के.शीतल, सन्तोष केसी, महेन्द्र दाहाल, गिरु बिक र सरद बुढाथोकी रहेका छन् ।
