दीपबहादुर घर्ती
जाजरकोट, १० असोज । १० औं विश्व रेविज सप्ताहमा जाजरकोटमा निशुल्क खोप सञ्चालन गरिएको छ । घरपालुवा कुकुरहरुलाई जिल्ला पशु शेवा कार्यालय जाजरकोटले निशुल्क रेविज खोप सञ्चालन गरेको हो ।

14454517_1123786277715563_2069912688_n
जनचेतना जगाऔंं, खोप लगाऔं, रेविज उन्मुलन गरौं भन्ने मुल नारा सहित मनाईएको १० औं विश्व रेविज दिवस विभिन्न कार्यक्रमको आयोेजना गरि साता व्यापी मनाउने जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।

साता व्यापी रुपमा प्राण घातक रेविज रोगकावारेमा प्रचार प्रसार गर्नुका साथै सोमबार र मंगलवार दुई दिन निशुल्क रेविज विरुद्धको खोप लगाउने कार्यक्रम रहेको पशु विकास अधिकृत कपिल प्रशाद उपाध्यायले जनाए । निशुल्क खोप सञ्चालन गरेको पहिलो दिन सोमवार २१ वटा कुकुरलाई निशुल्क खोप लगाएको अधिकृत उपाध्यायले जानकारी दिए ।

प्रचार–प्रसार लगाएतका अन्य कार्यक्रहरु १२ गते सम्म सञ्चालन गर्ने जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।