असोज ८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्रीमा निर्वाचित भएको पचास दिनभित्र साँढे चार लाख भूकम्पपीडितले पहिलो किस्ताको राहत रकम पाइसकेको बताएकाछन ।
शनिबार साँझ नेपाल टेलिभिजनको ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ अन्तर्सम्वाद कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले अझै एक लाख बढी भूकम्प पीडितले राहत रकम पाउन बाँकी भएपनि साँढे चार लाख पीडितले राहत पाएको जानकारी दिएकाहुन
