गोविन्द खड्का
घोराही, ८ भदौ । घोराहीका भुस्याहा कुकुर व्यवस्थापन गर्न नगरपालिकाले शुक्रबार बजार क्षेत्रमा माईकिङ गरेको छ । आफ्ना कुकुर व्यवस्थित गरी स्याहार्न र छाडा नछोड्न नगरवासिलाई सुचना दिएको हो । यसरी तर्साएको भने पहिलो पटक होईन । अघिल्लो बर्ष पनि यसैगरी बजारमा कार्यकारी अधिकृत चढ्ने गाडि गुडाएर माईकिङ गरियो । अब नगरपालिकाले भुस्याहा कुकुर तह लगाउछ भनेर सबैले ठाडो कान लगाए ।
बजार बासीले कान थापिरहे भुस्याहाकुकुर बढ्न छोडेनन् ।घटनाहरुले जिल्ला शुरक्षा समितिको बैठक बस्यो । त्यसले पनि निकास दिन सकेन । पाल्तु पशु चौपाय घरमै व्यवस्थित पाल्न आग्रह ग¥यो । त्यहि सुचना नगरपालिकाले सार्बजनिक गयो । त्यसले बजारका भुस्याहा कुकुर र छाडा गाईलाई कुनै असर पारेन । जिम्मेवारी बहन गर्दै नगरपालिकाले टकमा हालेर गाईलाई रिहार खेद्यो । भुस्याहा कुकुरलाई धपाउने उपाए भेटेन ।
जति सुकै बजेट लागेपनि व्यवस्थापन गर्न तैयार रहेको नगरपालिकाको भनाई थियो । पशु सेवा कार्यालयका प्रमुख डा जगत बहादुर सिमखडाका अनुसार कार्यकारी अधिकृत तुफान सिं केसीले व्यवस्थापनका लागि पटक पटक आग्रह गर्नुभयो । अन्य बजेट बाट पनि मिलाउन सकिने केसिको भनाई थियो । डा सिमखडाले बन्ध्याकरण गर्ने चिकित्सक टोलि ल्याउन सक्नु भएन । बर्ष भरी बहसमै वित्यो । पशु सेवा कार्यालय बाहेक अरुले पहल गरेर कुकुर बन्ध्याकरणको समस्या टर्दैन्थ्यो ।
पशु अधिकार बादिले केहि नगरपालिकामा मुद्धा उठाएकाले आफुहरुले कदम चाल्न नसकेको नगर पालिकाको भनाई थियो ।
दोश्रो तेश्रो हुदै देशका टप दशमा पर्ने नगरपालिकाले ठुलो बिवाद हुने जोखिम उठाउन चाहदैन्थयो । सधै अघि हुनेले अरुलाई बाटो सिकाउनु पर्छ भन्ने धारणा राख्थ्यो । त्यसैले पशुको हत्या गर्नु उपयुक्त नहुने भनेर मार्ने उपाए सुन्या नसुन्यै गरेर टारेको थियो । यस बर्ष तुलसीपुर नगरपालिकाले क्षेत्र तोकेर त्यस भित्र पर्ने छाडा कुकुर जति सबैलाई मायो ।
त्यहि सिको गर्न केहि नगरवासिको आग्रह थियो । घोराही नगरपालिकाको समिक्षा बैठकमा वडा नागरीक मञ्चका घोराही दशका संयोजक शक्तिराम डागि लगाएतले कुकुर मार्न सुझाव दिए । अरुले गरेकै गर्नु पर्छ भन्ने छैन । अघिल्लाले नेतृत्व दायि भुमिका निभाउनु पर्छ भन्ने मान्यतामा नगरपालिका अटल रहयो । सबैतिर बाट टिका टिप्पनी भएपछि कार्यकारी अधिकृत केसिले कुकुरकै कारण मानविय दुर्घटना भए कडा निति अपनाउने वचन दिए । त्यसको अर्थ नगरपालिकाले बिष प्रयोग वा अन्य तरीकाले भुस्याहा कुकुर मार्छ भन्ने बुझेका छन् ।
यसरी भुस्याहा कुकुर व्यवस्थापनको उपाए खोजिरहेका समयमा गत बुधवार गुडिरहेको मोटर साईकलमा कुकुरले आक्रमण गरेका छन् । त्यस क्रममा घोराही ११ का रेग बहादुर खत्री घाईते हुनुभएको छ । खत्रीको तुलसीपुर चौकको शान्तवना मेडिकलमा उपचार गरीएको थियो ।
डुमर गाउ बाट बजार तर्फ आउदै गर्दा घोराही १० को बसपार्क नजिक कुकुरले लखटेका थिए । भाग्दै गर्दा अगाडि बाट ठुलो बस आएपछि खत्री कुकुरका फेला पर्नुभएको हो । कुकुरले झम्टीन खोज्दा डराएका खत्रीले दुर्घटना व्यहोर्नु भएको थियो । खत्रीको दाया“ हात र खुट्टामा चोट लागेको छ । यसलाई प्रतिनिधि मुलक घटनाका रुपमा लिएको छ । स्कुटि, मोटरसाईकल र साईकलमा सवार हुने सबै जसोले केहि न केहि कठिनाई भुस्याहा कुकुर बाट भोगेकै छन् ।
चोक चोकमा भेला भएका कुकुरहरुले सवारी साधनमा समहुगत आक्रमण गर्न थालेका छन् । मोटर साईकलमा पानी परेको बेलामा झनै उत्तेजीत हुने गरेको स्थानिय भुवनेश्वर बुढाले बताउनुभयो । धेरैपटक बाल बाल बचेको बुढाको भनाई थियो । यसरी धेरै जना कुकुर बाट पिडित भएका छन् । बजार गर्न आउने संग घरको कुकुर आउने र यतै अलमलिनाले कुकुर बढेका छन् । भर्खर बजारमा आएको झोंकमा कुकुरहरु अलि बढि रिसाह हुने र आक्रमण गर्ने देखिएको छ । तिनले बजार आस पासका बाली नालि पनि खन खोसर पारेर नष्ट गरेका छन् ।
आफ्नो गुणासोलाई नगर पालिकाले व्यवास्था गरेको नगर बासिको आरोप छ । पशु अधिकार बादिको रोकावटको बहानामा पन्छिएको उनिहरुले बताए । मार्ने बाहेक नियन्त्रणका कुनै उपाए नखोजेको सुनाउछन् । केहि समय अघि तुलसीपुर नगर पालिकाले विष प्रयोग गरेर भुस्याहा कुकर स्वाहा बनायो । त्यस बेला छिट फुट भावनात्मक दयाका टिप्पनी गरेपनि ठुलो बिरोध आएन । पशु सेवा कार्यालय सम्म त्यसतो कुनै उजुरी नपुगेको बताईएको छ ।
घोराहीमा भने अनेकौ तर्कहरु निकालीन्छ । समाधानको उपाए कतै बाट भेटिदैन । एकथरीले सोत्रानै पारेर मार्न सल्लाह दिन्छन् । अर्कोथरी त्यसरी जीवको हत्या गर्न नहुने धारणा राख्ने गरेका छन् । त्यसमा पनि सिजन आएकोले पेटमा बच्चा बोकेकाको पाप बोक्न नसकिने भन्नेहरु पनि बढेका छन् । त्यसो त नगरपालिकाले गल्ती गरेको भन्नु एक पक्षिय हुने देखिन्छ । मार्ने बाहेकको विकल्प बन्ध्याकरण हो । त्यो पनि एक बर्ष अघि देखि चर्चाको विषय मात्रै बनेको छ ।
तिहार लगत्तै कुकुर बन्ध्याकरणको टोलि आईपुग्ने जिल्ला पशु सेवा कार्यालय दाङले जनाएको छ । कार्यालय प्रमुख बरिष्ठ पशुविकास अधिकृत डा जगतबहादुर सिंखडाले बन्ध्याकरणको टोलि व्यस्त भएकाले समय मिलाउन नसकिएको बताउनुभयो । प्रमुख सिमखडाका अनुसार उनिहरुको जम्बोटोलि आउने र एक दुईदिनमै सबै कुकुर बन्ध्याकरण गरी सक्ने छ । पेटमा बच्चा भएका कुकुरलाई बन्ध्याकरण गर्दा आधा कुकुर बाकि रहने नगरपालिकाको प्रतिकृया छ । त्यस बारे जिज्ञासा राख्दा प्रमुख डा सिमखडाले अर्को बर्ष पनि कार्यक्रम ल्याउने तर अहिले सकिए जतिलाई बन्ध्याकरण गर्नुपर्ने बताउनुभयो । घोराही नगरपालिकाले ध्यानाकर्षण भएको जनाएको छ । सुचना अधिकारी प्रेम केसिका अनुसार टिका टिप्पनी धेरै भएको छ । यो समस्यालाई नगरपालिकाले जटिल ठानेको छ । व्यवस्थापनतिर लागेको छ ।
