बेइजिङ । झटट् सुन्दा तपाइँ कुकुरलाई आइफोन भन्दा पत्याउनु हुदैन होला तर विदेशी नागरिकले यसै गरेका छन् । जिन्दगीमा आवश्यका र रहर पुरा गर्ने नाममा मान्छे सधैं दौडधुप गरिरहन्छ । जिन्दगीको यस यात्रामा मानिस यस्तो मोडमा पुग्छ, जहाँ उसलाई आफ्नो जिन्दगी कुकुरको भन्दा पनि गएगुज्रेको लाग्न थाल्छ ।
कसैलाई गाली दिनुपर्यो भने हामी ुतेरो जिन्दगी कुकुरको जस्तो होस्ु भन्न पनि पछि पर्दैनौँ । तर आज हामी यस्तो कुकुरकोबारेमा चर्चा गर्दैछौं, जसको भाग्यबारे सुनेर तपाईं आफैँ पनि चकित पर्नुहुन्छ ।
अमेरिकाको सान फ्रान्सिस्कोमा आईफोन सेभेन लन्च हुँदा तपाईंले पनि यो फोनलाई लोभी नजरले हेर्नु भयो होला । विश्वका लाखौं मानिसले यो फोन लन्च नहुँदै खरिद गर्ने सपना देखेका हुन्छन् ।
एकातर्फ नेपाल र भारत जस्ता गरिबीले पिल्सिएका देशहरुमा मानिस आईफोनका लागि किड्नी बेच्न पनि पछि पर्दैनन् । अर्कातिर चीनमा एक मालिकले आफ्नो पाल्तु कुकुरलाई एउटा, दुइटा र तीनवटा पनि होइन, आठवटा आईफोन उपहार दिएका छन् ।
चीनका सबैभन्दा धनी नागरिक वाङ्ग जियानलिनका छोरा वाङ्ग सिकाङ्गले आफ्नो कुकुरका लागि आठवटा आईफोन किनेका हुन् । वाङ्गले आठवटा आईफोन सेभेनसँगै बसेको आफ्नो कुकुरको तस्बिर पनि चिनियाँ सामाजिक सञ्जाल वेबोमा शेयर गरेका छन् ।
