
दशैंको मुखै सम्म पनि चामल ढुवानी हुन नसकेपछि जिल्लाका दुर्गम डेढ दर्जन गाउँमा खाद्य संकट देखिएको छ । वर्षाका कारण तीन महिनादेखि सडक अवरुद्व हुँदा खाद्यान्न अभावले डुग्री, धागडा, नाउली, सेक्री, अना, दोलीचौर, जडा, सैनगाउँलगायत क्षेत्रमा भोकमरी लागेको छ ।
ढुवानी हुन नसकेपछि खाद्य संकट उत्पन्न भएको उपभोक्ता बताउँछन् । ‘घरमा अन्न नहुँदा दुई दिनदेखि भोकभोकै बस्नुपरेको छ,’ दौलीचौर घोगडा गाउँमा खड्क बोहराले भने, ‘किन्न खोज्दा पनि पाइँदैन् ।’
