बिकाश डाँगी
तुलसीपुर, ८ असोज । उसो त सड्क दुर्घटना चालकको लापरवाहीको कारणले हुन्छ भन्ने हाम्रो बुझाई छ । तर हाम्रो कारणले पनि दुर्घटना हुन सक्छ र सचेत हुनु पर्छ भन्नु आम मानिसले सोचेका हुदैन ।
राप्ती राजमार्ग अन्तरगत तुलसीपुर अमिला सड्क खण्डको पुकार पसलदेखी तल तिर भने सड्क किनारामा एक स्थानियले आफ्ना गाई गोरु बधेर राखेका छन । उसो त तुलसीपुर सितलपुर सड्क खण्डमा धेरै गाडि दुर्घटना भएर धेरैले अकालमै ज्यान गुमाएका छन ।
त्यसमा पनि सड्कको चौडाइ सानो छ । दिन रात गाडिहरु घुइकि रहने त्यो पनि राजमार्ग जस्तोमा यसरी बस्तु भाउ बाधेर राखे कुनै बेला पनि दुर्घटना हुन सक्ने एक स्थानिय बासी बताउनु हुन्छ । त्यसैले यस तर्फ सम्बन्धित निकायको ध्यान पुग्न जरुरी छ र दुर्घटना हुन बाट जोगाउनु पर्छ ।
