गोविन्द खड्का
घोराही, ८ असोज । पानस सामाजिक उद्यमी सहकारी संस्थाको पा“चौ साधारण सभा शनिवार मसिनामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हेमराज सुवेदिको अध्यक्षता एव नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका लेखा समिति सदस्य हुमा डिसीको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको थियो ।

सो कार्यक्रममा जेष्ठ नागरीक ९२ बर्षे बृद्धा हरिकला भुषाललाई दोसल्ला ओढाई नगदले सम्मान गरीएको थियो । प्रगति प्रतिवेदन पेश गर्दै संस्थाका सचिव पुष्पराज आचार्यले, कोषाध्यक्ष मुकेश भुसालले आर्थिक प्रतिवेदन पेश गर्नुभयो । संस्थाका उपाध्यक्ष देवकला पाण्डेयको स्वागत बाट शुरु भएको कार्यक्रममा बालिका विजया अर्यालले कमेडि प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा स्माली टोल विकास संस्थाका अध्यक्ष मदन कुमार न्यौपाने, कालिकादेवी सामुदायीक वन उपभोक्ता समितिका अध्यक्ष हरीलाल घर्ति लगाएतले सुभकामना दिनुभएको थियो । कार्यक्रममो सहजीकरण सञ्चालक समितिका सदस्य अञ्जन कुमार पौडेलले गर्नुभएको थियो ।