इन्द्रेणी संवाददाता
घोराही, ८ असोज । दाङको समग्र कृषि तथा पशुपालन व्यवसायबारे छलफल भएको छ । राजधानीबाट आएको एक संसदिय टोलीले आज जिल्ला कृषि विकास कार्यालय दाङमा कार्यक्रमको आयोजना राखी कृषक तथा कृषिसँग सम्बन्धीत सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुसँग छलफल गरेको हो ।

22222222छलफलमा जिल्ला कृषि विकास कार्यालय दाङका वरिष्ठ कृषि विकास अधिकृत श्रीधर ज्ञवालीले जिल्लाको कृषि व्यवसायबारे कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा दाङ कृषि व्यवसायका लागि अत्यन्त उपयुक्त जिल्ला भएको र यहाँ कृषिसम्बन्धी विभिन्न बृहतर कार्यक्रम पनि सञ्चालन भएको उल्लेख छ । साथै जिल्लामा अग्राणीक भन्दा विषाधि प्रयोगमा आकर्षण वढेकाले यसलाई न्यूनिकरण गर्न आवश्यक रहेको ज्ञवालीले बताए । उनले दाङमा व्यवसायिक माछापालन, मौरीपालन, तरकारी खेती फस्टाउदै गएको र जिल्लामा वाहिरबाट आउने चामललाई प्रतिस्तापन गर्न चैते धान खेतीको पनि शुरु गरिएको बताए ।

कृषि तथा जलस्रोत स्थलगत अनुगमन समितिका संयोजक एवं सांसद रामेश्वर ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला पशु सेवा कार्यालय दाङका प्रमुख जगतबहादुर सिमखडाले जिल्लाको पशुपालन सम्बन्धी र जिल्ला प्रशासन कार्यालयका खाद्य निरिक्षक प्रतिक जोशीले जिल्लाको खाद्य सुरषा अवस्थाबारे कार्यपत्र पेश गरेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले दाङमा कृषि तथा पशुपालन व्यवसाय फस्टाउदै गएको भन्दै यसलाई अझ राम्रो र समयाअनुकुल बनाएर लैजान आवश्यक रहेको बताएका थिए । कार्यक्रमको सहजीकरण कृषि विकास कार्यालयका वाली संरक्षण अधिकृत पिताम्बर वस्नेतले गरेका थिए ।