बिकाश डाँगी
तुलसीपुर, ८ असोज । आर्थिक आय आर्जनलाई सबल बनाउन समुदायमा सामुहिक आधुनिक कृषिकार्य गरेमात्र सम्भब हुने एक कार्यक्रमका सहभागीहरुले बताएका छन । भरोसा कृषि सहकारी संस्था तुलसीपुरको प्रथम बार्षिक साधारण सभामा आज बोल्ने बक्ताहरुले बताएका हुन । आधुनिक कृषी तथा पशुपालन गरेमात्र आर्थिकरुपमा सबल हुने त्यसका एक जना ब्यक्तिले मात्र लगानी गर्न नसक्ने र सामुहिक रुपमा सहकारी मार्फत गरेमात्र सम्भव हुने बताएका थिए ।
भरोसा कृषि सहकारी संस्थाका अध्यक्ष मधुसुदन के.सीको अध्यक्षता एवं जिल्ला सहकारी संस्थाका उपाध्यक्ष शेसुराम भण्डारीको प्रमुख आथिथ्यतामा भएको कार्यक्रममा वौल्दै प्रमुख अतिथी भण्डारीले अबको समाज भनेको आधुनिक कुषि पेशामा लागे मात्र आर्थिकरुपले समाज सबृद्धि हुने भन्दै सहकारीहरु अहिले बढि नाफा मुखी भएको र कयौ सहकारीहरु ढुबेकाले सहकारी चलाउन पैसा बचतमा गरेर नभई सम्पूर्ण सेयर सदस्य नै जागरुप हुनु पर्ने बताउनु भयो ।
२०७२ सालमा स्थापना भएको यस कृषी सहकारी संस्थाले अहिले कुखुरा पालन तथा तुलसीपुर बजारका विभिन्न स्थान फ्रेस हाउस संचालन गर्दै आएको र अब ब्यवसायीक कुुकुर पालन, पुष्प खेती ,ब्यायो ग्यास उत्पादन गर्ने जस्ता ब्यवसाय संचालन गर्न लागेको संस्थाका अध्यक्ष के.सीले बताउनु भयो ।
कार्यक्रममा भटे कृषि सहकारी संस्थाका अध्यक्ष कर्ण बहादुर ओली, साहारा बचत ऋण सहकारीका बासुदेव आचार्य, बृद्ध सेवा समिती तुलसीपुरका खिमकान्त आचार्य लगाएतले बोल्नु भएको थियो । संस्थाको आर्थिक प्रतिवेदन ब्यबस्थापन शालिकराम डांगीले प्रस्तुत गर्नु भएको थियो भने उपाध्यक्ष राम बहादुर केसीको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रमको सहजिकरण सेयर सदस्य तिलक शर्माले गर्नु भएको थियो ।
त्यसैगरी राप्ती विश्वासी बचत तथा ऋण सहकारी संस्था तुलसीपुरकोे आज १९ औ साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सुरेन्द्र खड्काको अध्यक्षता एवं तुलसीपुर नगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र बहादुर के.सीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्मन्न भएको थियो ।