इन्द्रेणी संवाददाता
घोराही, ८ असोज । सहकारीको माध्यमबाट विपन्न जनाको आर्थिक समाजिक रुपान्तरण गर्न सम्भव रहेको सहकारीकर्मीहरुले बताएका छन् ।

dscn0427सिसा सगुन वचत तथा ऋण सहकारी संस्थाको पाँचौ वार्षिक साधारणसभा अवसरमा आज घोराहीमा बोल्ने वक्ताहरुले छरिएको पुँजीलाई सहकारीको माध्यमबाट एकीकृत गर्दै विपन्नको आर्थिक समाजिक रुपान्तरण गर्न सकिने बताएका हुन् । कार्यक्रममा सहकारीकर्मीहरुले वचत तथा ऋण सहकारीमा संकलन हुने रकम जनताको भएकाले यसको पारदर्शीयता अनिवार्य हुने बताएका थिए ।

dscn0430संस्थाका अध्यक्ष वालचन्द्र शर्माको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष गोविन्दप्रसाद शर्माले सहकारीले छरिएको पूँजी संकलन गरेर जनताको विजनस्तर माथि उठाउने काम गर्नुका साथै समाजिक रुपान्तरणको क्षेत्रमा पनि लगानी गर्न आवश्यक रहेको बताए । ‘सहकारीले आर्थिक कारोवार गर्नु त एउटा कार्य उद्देश्य छदैछ, तर त्यसको साथसाथै समाजिक काममा लगानी गर्न पनि आवश्यक छ ’, उनले भने ।

dscn0431कार्यक्रममा राष्ट्रिय सहकारी बैंक घोराही शाखाका प्रबन्धक नारायण वेल्वासे, लक्ष्मी बैंकका पदम केसी, दाङ वचत तथा ऋण सहकारी संघका अध्यक्ष अञ्जनकुमार पौडेल, डिभिजन सहकारी कार्यालयका चन्द्र केसीलगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा संस्थाको आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । सो अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।