असोज ८ घोराही । नेकपा मसालका प्रबक्ता विमल शर्माले भारतको चलखेलले नेपालमा समस्या उत्पन्न भएको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखाले आज विहान घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रबक्ता शर्माले भारतको चलखेलमा नेपालका नेताहरुले सहयोग गरिरहेको आरोप लगाउनुभयो ।
नेताहरुले सत्ता र कुर्सीमा बढी ध्यान दिएको आरोप लगाउँदै प्रबक्ता शर्माले छोटो समयको सरकार निर्माण हुदा देशको विकास हुन नसकेको बताउनुभयो । महंगी र भ्रष्टाचारलाई नियन्त्रण गर्न सके देश केही हदसम्म समृद्ध बन्ने बताउनुभएका प्रबक्ता शर्माले राष्ट्रियता खतरामा रहेको बताउनुभयो ।
पत्रकार महासंघ दाङका अध्यक्ष सुदीप गौतमको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा एक अर्को प्रसंगमा लडाकु शिविर भ्रष्टाचार छानविनको विषयमा अख्तियार प्रमुख लोकमानसिह कार्की र प्रधानमन्त्री प्रचण्डबीच भएको साठगाठलाई राजनितिक म्याच फीक्सिङको सज्ञा दिनुभयो । पत्रकार सम्मेलनको सहजीकरण पत्रकार महासंघका सह—सचिव डिल्ली मल्लले गर्नुभएको थियो ।।