बिकाश डाँगी
तुलसीपुर, ८ असोज । तुलसीपुर नगर जेसिसको आयोजनामा आज तुलसीपुरमा “परिर्वतनका लागी युवा” बिषयक वक्तृत्वकला प्रतियोगीता सम्पन्न भएको छ । तुलसीपुर नगर जेसीसका निर्वतमान अध्यक्ष झरेन्द्र खरेलको अध्यक्षता एवं जिल्ला शिक्षा कार्यालय दाङका विद्यालय निरक्षक नारायण पौडेलको प्रमुख आतिथ्यतमा कार्यक्रम सम्पन्न भएको हो । हरेक क्षेत्रमा युवाहरुको नै साथले परिर्वतन हुने भन्दै गाउं, समाज र देशलाई परिर्वतन गर्नका लागी युवाहरुको नै भुमिका रहने कार्यक्रममा वोल्ने सहभागीहरुले बताएका थिए ।
कार्यक्रममा वोल्दै प्रमुख अतिथी पौडेलले यदि समाजमा कुनै परिवर्तन गराउनु छ भने त्यो युवाहरुले नै गर्न सक्ने भन्दै युवा विना यो समाज यो देश केही नहुने भन्दै परिर्वतन गर्न युवाहरुले नै सक्ने भएकाले यसको लागी युवाहरु पनि परिर्वतन हुन पर्ने बताउनु भयो । कार्यक्रममा राप्ती बबई क्याम्पसका प्राचार्य, बाबुराम आचार्य, मधुसुदन शर्मा, तुलसीपुर जेसीसका कार्यकारी उपाध्यक्ष नारायण भट्टराई लगाएतले बोल्नु भएको थियो ।
प्रतियोगितामा तुलसीपुर क्षेत्रका ९ ओटा सामुदायिक तथा निजि विद्यालयका विद्यार्थीहरुले वतृत्वकलामा सहभागी भएका थिए । प्रतियोगितामा महेन्द्र उच्च मा.वि तुलसीपुरका निराजन के.सी प्रथम, राप्ती वाल एकाडेमीकी लक्ष्मी डांगी द्धितिय, हाम्रो पहुचं सेकेण्डरी स्कुलका भुवन वली तृतिय र शान्तिदिप वोर्डिङकी प्रमिला रेग्मी सान्त्वना भएका थिए । कार्यक्रममा तुलसीपुर जेसीसका उपाध्यक्ष ऋषिराज भण्डारीले जेसीस आस्था पाठ गराउनु भएको थियो । कार्यक्रम संयोजक शरद देवकोटाको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रमको सहजिकरण तुलसीपुरनगर जेसीसका सचिव मेघराज घिमिरेले गर्नुभएको थियो ।
