रेखा मगर
दाङ, २२ बैशाख
चन्द नेतृत्वको नेकपा माओवादी निकट अखिल क्रान्तिकारी दाङले शिक्षाका नाममा कालोवजारी, मनोमानी र शैक्षिक माफियाहरु मौलाएको भन्दै त्यस्ता खाले शैक्षिक संस्थाको खारेजीको माग गरेको छ । सामुदायिक विद्यालयहरुमा मनोमानी शुल्क असुली गर्ने कार्य तत्काल वन्द गर्न, संविधानमा उल्लेखित निशुल्क शिक्षा तत्काल कार्यान्वयन गर्न तथा शिक्षा क्षेत्रका अनियमिमता रोक्न जिल्ला शिक्षा कार्यालयसंग माग गरेको छ ।
अखिल क्रान्तिकारी दाङको टोलीले आज दाङका जिल्ला शिक्षा अधिकारी रमेश मैनालीलाइ ज्ञापन पत्र वुझाँउदै नीजि विद्यालयसंग विगतमा भएका सहमति तत्काल कार्यान्वयन गर्न, निजी विद्यालयहरुलाइ अनुमति दिने प्रक्रिया तत्काल वन्द गर्न र अवैधानिक रुपले सन्चालनमा रहेका वोर्डिङ स्कुलहरु तत्काल वन्द गर्न माग गरेको छ ।
अखिल क्रान्तिकारीका दाङ जिल्ला अध्यक्ष हेमन्त जिसीद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा आफुखुशी सन्चालित विद्यालयहरुले विद्यार्थीमा मानसिक दवाव पर्ने खाले कार्य गर्दै आएकाले त्यस्ता कार्य तत्काल वन्द गर्न, विद्यार्थी मैत्री वन्न, विदेशी लगानी, विदेशी नाम, भड्किलो विज्ञापन गर्दै सन्चालनमा रहेका शिक्षण संस्था तत्काल वन्द गर्नुपर्ने उल्लेख छ ।
यसैगरी, दाङमा मापदण्ड पुरा नगरी अन्र्तराष्ट्रिय भन्ने नाम जोडिएका पारिजात इन्टरनेशनल बोर्डिङ स्कुल तुलसीपुर, गोरखा इन्टरनेशनल उच्च मावि घोराही, मार्क इन्टरनेशनल घोराही र गुरुकुल इन्टरनेशनल घोराहीको अनुगमन र अनुसन्धान गरी तत्काल कारवाही गर्न माग गरिएको छ । यस्तै, विगतमा भएको यातायता क्षेत्रमा विद्यार्थीलाइ ४५ प्रतिशत छुट कार्यान्वनका लागी पहल गर्न, उच्च माद्यामिक शिक्षा परिषद र संगठनविचको १३ वुँदे र ८ वुँदे सहमति कार्यान्वयनका लागी पहल गर्न शिक्षा कार्यालयसंग माग गरेको छ ।
यसैविच, शिक्षा कार्यालयले वैधानिक रुपले सन्चालनमा रहेका विद्यालयको नाम सार्वजनिक गरेपनि अन्य सार्वजनिक हुन वाँकी विद्यालयको नाम सार्वजनिक गर्न र भर्ना प्रक्रिया रोकि कारवाही प्रक्रिया अगाडी वढाउन माग गरेको छ । साथै आफ्ना मागहरुको वेवास्ता गरिए त्यसवाट हुने परिणामको जिम्मवारी सम्वपन्धित पक्षले नै लिने उल्लेख गरेको छ । जिल्ला अध्यक्ष जिसी, उपाध्यक्ष प्रितिमा चौधरी, सचिव मदन केसी लगाएतको टोलीले जिल्ला शिक्षा कार्यालयमा यि मागहरु समेटिएको ज्ञापनपत्र वुझाएको सदस्य जंग रेउलेले जानकारी दिनुभयो ।।
