khoret rogशान्त कुमार बुढा मगर
बैशाख २२ देउखुरी । खोरेट रोगका कारण दाङको नाका क्षेत्रमा पार्ने राजपुर गा वि स का करिब पाँच सय भन्दा बढी पशु चौपाया बिरामी परेका छन । यो क्रम अझ वृद्धि हुँदै जान थाले पछि नाका वासिमा चिन्ता बढ्न थालेको छ ।  एकातिर रोग बढ्दै गइ रहेको र अर्को तर्फ उपचार हुन नसक्दा झन समस्य परेको छ ।

सरुव रोग भएका कारण रोग फैलदै गए पनि दुर्गम बस्तीका कारण उपचार हुन नसकेको नाका वासिको गुनासो रहेको छ । बारम्बार रोग वारे जानकरी गराएपनी जिल्ला पशु स्वास्थ्यले औषधि तथा भ्याक्सिन नभएको बतएको उनिहरुले बताए ।  रोगले राजपुरको भैसाहीमा २०घरका करिब ३ सय र भौवानाकामा ३५ घरका करिब ३५० र मनौरा नाकामा १० घरमा ५० भन्दा बढी बाख्रा तथा गाई  गोरुमा संक्रमण भएको छ भने रोग सर्ने क्रम जारी रहेको छ । उच्च रुपमा रोग फैलदै गइरहेपनी यसको लागि जिल्ला वाट कुनै पहल नभएको नाका वासिहरुले भनाइ छ । अहिले बिरामी पशुहरुलाइ खाल्डा तथा पानीमा बाधेर राख्ने गरेको राजपुर ,९ भैसाहीनाका निवासी अमृत खड्काले बताए । आफ्नै पनि १०० बाख्रा मध्य ७० वटा बाख्रामा रोग लागेको र ४ वटा बाख्रापाठा समेत  मरेको उनले  बताए ।

त्यस्तै गाउँमा रोग सुरु भए पछि पशु सेवा केन्द्र तथा जिल्ला पशु स्वास्थ्यमा तीन हप्ता अघि  जादा औषधि  नभएको भने पछि खिन्न हुँदै घर फर्केको राजपुर ,९ भौवानाका निवासी मङल खड्काले बताए – पटक पटक कुरा गरे पछि अहिले पशुसेवा केन्द्र वाट केही औषधि ल्याएको भएपनी त्यस्ले १० वटा पशु लाई नै पुगेन।  उनले थपे । रोग वारे जानकरी गराउदा पनि पशुस्वास्थ्यले ध्यान नदिएको भन्दै नाका वासीले आक्रोश पोखेका छन । अहिले रोगी पशुलाई नभए पनि संक्रमण नभएका पशु लाई मात्रै भएपनी भ्याक्सिन को माग गरेका छन ।

उता यो रोग देश भरी फैलिएको र दाङ भरि पनि फैलिएको पशु स्वस्थ्य कर्यालय दाङ्का प्रमुख जगत बहादुर सिम्खडाले बताउनु भयो । राजपुर लगाएतका क्षेत्रमा औषधि पठाइ सकिएको बताउदै यस रोगले पशु चौपाया नमरे पनि साना बच्चाहरु मर्ने हुनाले यस्ले उत्पादन मा भने ह्रास आउने जानकार दिनु भयो । औषधि अभावका कारण प्रयाप्त औषधि नभए पनि रोकथाममा मद्दत पुग्ने उहाले बताउनु भयो । नाकै भरी फैलिएको यो रोग कतिले आफ्नै खर्चमा औषधि प्रयोग गरिरहेका छन भने धेरैले उपचारै गरेका छैन । रोग बढ्ने क्रम जारी रहेको छ ।