घोराही, २२ वैशाख
दाङ महिला जेसीजले आपनो सप्ताहव्यापी कार्यक्रम अन्तरगत आज तेस्रो दिन रक्तदान कार्यक्रम गरेको छ । जेसीजले रक्तसञ्चार केन्द्र घोराहीमा एक कार्यक्रम आयोजना गरि रक्तदान गरेको हो । कार्यक्रममा रेखा शर्मा, सविता शर्मा र ममता विष्टले रक्तदान गर्नुभएको थियो ।
दाङ महिला जेसीजका अध्यक्ष सञ्जीता गौतमको अध्यक्षता एवं नेपाल रेडक्रस सोसाईटी दाङ शाखा अध्यक्ष नारायण आचार्यको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । सप्ताहको बारेमा मूल समिति संयोजक सुशीला शर्माले जानकारी गराउनुभएको थियो भने ममता विष्टले स्वागत गर्नुभएको थियो ।
कार्यक्रम संयोजक सविता शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सहभागीहरुलाई विष्णु थापाले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण महासचिव रेखा शर्माले गर्नुभएको थियो ।दाङ महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तरगत भोली महिला स्लो बाईक÷स्कुटि प्रतियोगीता हुने भएको छ ।
तीव्र गतिमा बाईक तथा स्कुटी चलाउदा सवारी दुर्घटना हुने सम्भावना भएकाले स्लो चलाउनसन्देस दिनकालागी महिलाहरुकालागी प्रतियोगीता आयोजना गरिएको हो । कार्यक्रम संयोजक मंगला राणाले भोली विहान साढे ७ बजेदेखी भरतपुर खेल मैदान घोराहीमा हुने प्रतियोगीतामा सहभागीताकालागीसम्पूर्ण सवारी चालक महिलाहरुमा अनुरोध गर्नुभएको छ ।।