काठमाण्डौ, २२ बैशा

जंगलमा लागेको भीषण आगलागीका कारण क्यानडाको एक शहरको पूरै बस्ती नै अन्यत्र सारिएको छ । जंगलमा लागेको आगोका कारण क्यानडाको फोर्ट म्याकमुर्रे शहरका झण्डै ६० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको हो । जंगलमा लागेको आगोको मुश्लोले म्याकमुर्रेका धेरै घर ध्वस्त पारेको छ ।canada

अलबेर्टा प्रान्तको यो शहरको सडक जंगलको आगोका कारण उडेको खरानीले ढाकेको छ । अलबेर्टा प्रान्तको इतिहासमा यो अहिलेसम्मकै भीषण आगलागी भएको सरकारी अधिकारीले बताएका छन् ।

धुवाँकाका कारण त्यहाँका बासिन्दाको जनजीवन कष्टकर बनेपछि उनीहरुलाई अन्यत्र सारिएको हो । आगलागी र धुवाँका कारण केही मानिस घाइते भएका छन् । जंगलमा लागेको आगो निभाउने तथा समस्यामा परेका मानिसलाई सुरक्षित स्थानमा लैजाने काम भइरहेको स्थानीय अधिकारीले बताएका छन् ।।

– एजेन्सीको सहयोगमा