दाङ, २२ बैशाख
लामो खडेरीले जनजीवन असहज वन्दै गर्दा आज भएको वर्षाले दाङमा केहि राहतको महशुस गरिएको छ । खडेरीका कारण तापक्रममा वृद्धी भइ जनजीवन असामान्य वनेको थियो भने खेतिपाती पनि सुक्न थालेपछि किसानहरु चिन्तित भएका थिए ।cool

आज भएको वर्षाले वातावरणमा सितलता थपिएको छ । गत भदौ असोज महिनादेखि दाङमा राम्रो वर्षा हुन सकेको थिएन । जसले गर्दा पानीका मुहान सुक्नुका साथै वन जंगलमा आगलागीका घटना बृद्धि भएका थिए ।पानी परेपछि किसानलाई राहात पुगेको छ ।

आज बुधवार विहान हावाहुरी सहित वर्षा भएको छ । घोराही वजार आसपासका धुलाम्य सडकमा पानी परेपछि सहज भएको छ ।।