काठमाण्डौ, २२ बैशाख
नेकपा एमालेले सबै राजनीतिक दलको सहमतिमा पुनर्निर्माणको कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गरेको छ । सरकारको नेतृत्व पनि आफै गर्दै आएको एमालेले आज आफ्नै सरकारलाइ आफैंले पुनर्निर्माणको विषयमा ध्यानाकर्षण गराएको हो ।images

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको एमाले स्थायी समितिको बैठकले सरकारको काम गतिहीन हुँदा पार्टीप्रति नकारात्मक सन्देश जाने भन्दै जनताको कामलाई प्राथमिकतामा राख्न सुझाव दिएको हो । एमाले सचिव योगेश भट्टराईका अनुसार बैठकले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्दै राष्ट्रिय सहमतिका साथ अगाडि बढ्न प्रधानमन्त्रीलाई सुझावसमेत दिएको छ ।

बैठकले संविधान कार्यान्वयनमार्फत् राजनीतिक स्थायित्वका लागि दृढताकासाथ अगाडि बढ्ने निर्णय पनि गरेको छ ।।